कामना सेवा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा 

Share News

भदौ १७, काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले प्रकाश डुम्रेको नाममा रहेको १ लाख २६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । 

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्ति÷संस्थाले सूचना प्रकाशित भएको ( भदौ १७) मितिबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।