भदौ १७, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. १ करोड ५१ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. २ करोड ९० लाख पुगेको हो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवमा कम्पनीको रू. ९ करोड ६५ लाख आम्दानी भएकोमा गत आवमा वृद्धि भएर रू. ११ करोड ३६ लाख पुगेको छ । यस कम्पनीले गत साउन महीनामा सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको हो । चुक्ता पूँजी रू. ६ करोड ४६ लाख रहेको छ । जगेडामा कम्पनीले रू. २ करोड ९० लाख सञ्चित गरेको छ । त्यसैगरी गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. १०० दशमलव ८८ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।