हिमाल दोलखा हाइड्रोपावरको स्थगित साधारणसभा आज हुँदै

Share News

भदौ १९, काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेको स्थगित साधारणसभा आइतवार हुँदै छ ।  

कम्पनीको स्थगित भएको १३औं र १४औं वार्षिक साधारणसभा आज हुन लागेको हो । साधारणसभा लिसारा बैंक्वेट हल नक्साल काठमाडौंमा ११ः३० मा शुरू हुनेछ ।

सभाले हाल कायम रू. अर्ब ६० करोड चुक्तापूँजीको ७५ प्रतिशत अर्थात् १ बराबर शून्य दशमलव ७५ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी  सभाले आर्थिक वर्ष २०७६/०७७ र २०७७/ ०७८ को वार्षिक  प्रतिवेदन पारित गर्ने तथा कम्पनीको संस्थापक शेयरधनीहरूको तर्फबाट तीन जना र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

यसैगरी सभाले आव २०७८/ ०७९को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।