भदौ २०, काठमाडौं । एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फण्डले बुक क्लोज गर्ने भएको छ । फण्डले भदौ २९ गते एक दिन बुक क्लोज गर्ने भएको हो ।
फण्डले इकाईधनीलाई गत आर्थिक वर्षको लागि करसहित ४ दशमलव २० प्रतिशतका दरले हुन आउने ३ करोड १५ लाख रुपैयाँ नगद लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ ।
यस आधारमा भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भएका इकाईधनीहरूले मात्र नगद लाभांश प्राप्त गर्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।