लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

Share News

भदौ २१ काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको ९ दशमलव ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले उक्त बोनस शेयर वापतको ११ लाख ३८ हजार ९४५ दशमलव ५ कित्ता शेयर भदौ २० गते नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले असार २९ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाबाट पारित बोनस शेयर दोस्रो बजारमा सूचीकृत गरी कारोबार योग्य बनाएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट कुल १० प्रतिशत लाभांश वितरण गरेको हो । कम्पनीले रू. १ अर्ब १९ करोडभन्दा बढी चुक्तापूँजीको आधारमा ९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । 

कम्पनीले लाभांश प्रयोजनको लागि असार १५ गते एक दिन बुक कलोज गरेको थियो । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गर्नेछन् ।

भदौ २१ गतेदेखि कारोबारयोग्य भएको कम्पनीको बोनस शेयर सम्बन्धीत शेयरधनीहरूले आफ्नो खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।