भदौ २२, काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले सुजन बरालको नाममा रहेको १३ हजार कित्ता, अनन्तराज पोखरेलको नाममा रहेको ४ हजार कित्ता, युगराज रेग्मीको नाममा रहेको ६५ हजार कित्ता र गणेशराज रेग्मीको ११ हजार ४०७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरूले सूचना प्रकाशित भएको ( भदौ २२) मितिबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
उक्त अवधिमा निवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि विक्रीमा ल्याउने समेत कम्पनीले जनाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।