भदौ २२, नयाँदिल्ली( भारत) । भारत सरकारले सडक यातायातका क्रममा कार तथा अन्य श्रेणीका कारहरुमा सिट बेल्ट लगाउन अनवार्य गरेको छ ।
केन्द्र सरकारले कारमा बस्ने सबै जनाले सिट बेल्ट लगाउनु अनिवार्य भएको नियम लागू गरेको हो । यदि कार तथा अन्य श्रेणीका कारहरुमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलगाएको पाइएमा उनीहरुलाई कडा कारबाही गरिने छ । केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गड्करीले सो नियम कडा रुपमा लागू गरिने र उल्लंघन गरेको पाइएमा कडा कारबाही हुने पनि बताएका छन् ।
उनले यससम्बन्धी बिस्तृत सूचना चाँडै नै प्रकाशन हुने र यो नियम भारतभरका लागि लागू हुने बताएका छन् । भारतका एकजना प्रसिद्ध उद्योगी व्यवसायी एवम् टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको गत मंगलवार कार दुर्घटनामा निधन भएको थियो । उनको निधन भएको एक दिनपछि भारतको केन्द्रीय सरकारले यो नियम घोषणा गरेको हो ।
कार दुर्घटनाका क्रममा उनी आफ्नो कारको चालकसँगैको सिटमा बसेका थिए । तर उनले सिट बेल्ट बाँधेका थिएनन् । उनको पछाडि बसेका अरु व्यक्तिहरुले भने सिट बेल्ट बाँधेका थिए । यसका कारण उनीहरु सुरक्षित थिए । केन्द्रीय मन्त्री गड्करीले कारसम्बन्धी यो नियम भारतका सबै खालका कारहरुका लागि लागू हुने जानकारी पनि दिएका छन् । एजेन्सीहरु
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।