भदौ २४ काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओले पहिलो कारोबारको लागि रू. १०१ दशमलव ०७ देखि ३०३ दशमलव २१ ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आव २०७७र ७८ को बास्तविका प्रतिशेयर नेटवर्थ रू. १०१ दशमलव ०७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।
कम्पनीको आईपीओ भदौ २० गते बाँडफाँट भएको हो । १८ लाख ८३ हजार ११८ जना आवेदकहरुमध्येबाट गोलाप्रथाद्धारा १२ हजार ३४० जनाले १० ÷१० कित्ताका दरले शेयर पाएका हुन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।