भदौ २८, काटमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने मंगलबार (आज) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थायी बासिन्दाका लागि भदौ १७ गतेदेखि ६ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गरेको हो ।
उक्त आईपीओमा आवेदकले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक र प्रभु बैंकको भोजपुर शाखा एवं प्रभु बैंकको हतुवागढी शाखाबाट र नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर-एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।