भदौ २८, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा कम्पनीले रू. २७ करोड ८२ लाखभन्दा बढी खुद नाफा गरेको हाे । गत वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. १९ करोड ६४ लाखभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो त्रैमासको तुलनामा गत त्रैमासमा कम्पनीको खुद नाफा करिब ४२ प्रतिशत बढी छ ।
कम्पनीले गत आवमा साढे ५४ प्रतिशत बढी आम्दानी गरेको छ भने ७४ दशमलव ३२ प्रतिशत बढी खर्च गरेको छ । कम्पनीले रू. ४९ करोड ५३ लाखभन्दा बढी आम्दानी र रू. २१ करोड ७० लाखभन्दा बढी खर्च गरेको छ ।
गत चौथो त्रैमाससम्म कम्पनीले अघिल्लो त्रैमासको तुलनामा साढे ६२ प्रतिशत बढी खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो त्रैमासमा रू. ४७ करोड ४९ लाखभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत त्रैमासमा रू. ७७ करोड १७ लाखभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको हो ।
कम्पनीकाे खुद दाबी भुक्तानी भने अघिल्लो त्रैमासको भन्दा १३० दशमलव ९५ प्रतिशत बढी भएको छ । अघिल्लो त्रैमाससम्म रू. १ करोड ४६ लाखभन्दा बढी खुद दाबी भुक्तानी गरेको कम्पनीले गत त्रैमाससम्म रू. ३ करोड ३७ लाखभन्दा बढी दाबी भुक्तानी गरेको छ ।
रू. ७ अर्ब चुक्तापूँजी रहेको यस कम्पनीको जगेडा कोष रकम रू. १२ करोड ५१ लाखभन्दा बढी रहेको छ भने बीमाकोषमा रू. १४ करोड ८१ लाखभन्दा बढी छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।