साउनमा वाणिज्य बैंकहरूले कमाए ८ अर्ब ७२ करोडभन्दा बढी नाफा, कसकाे कति ?

Share News

भदौ २९, काठमाडौं । चालू आर्थिक वर्षको पहिलाे महीनामा २६ वाणिज्य बैंकहरूले कुल रू. ८ अर्ब ७२ करोडभन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनमा वाणिज्य बैंकहरूले रू. ८ अर्ब ७२ कराेड १७ लाख १६ हजार नाफा कमाएका हुन् ।

सर्वाधिक नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेकाे छ । बैंकले साउनमा रू. ७५ करोड २१ लाख नाफा कमाएको हो । याे सूचीमा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ । बैंकले गत साउनमा रू. ६७ करोड ३३ लाख नाफा कमाएको हाे । यस्तै, नबिल बैंकले रू. ४९ करोड २७ लाख नाफा कमाएको छ ।

उक्त अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा बैंक अफ काठमाण्डू रहेकाे छ । बैंकले रू. १६ करोड ३० लाख नाफा कमाएको हो ।

कुन बैंकले कति कमाए ?


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।