काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापकहरूका लागि आह्वान गरेको ५० प्रतिशत पूँजी थप्ने समय अवधि थप गरेको छ ।
कम्पनीले असोज ७ गतेभित्र विद्यमान संस्थापकहरूलाई ५० प्रतिशत पूँजी थप गर्न आह्वान गरेको थियो । अहिलेसम्म पनि माग बराबरको पूँजी नजुटेपछि कम्पनीले असोज २६ गतेसम्मका लागि समय थप गरेको छ ।
शेयरधनीले आफ्नो हक बराबरको पूँजी कम्पनीको केन्द्रीय कार्यालय टेकु, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, हिमालयन बैंक र सानिमा बैंकको खातामा जम्मा गर्न सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ ।
अहिले आह्वान गरिएको ५० प्रतिशत पूँजी थपपश्चात् चुक्तापूँजी रू. २ अर्ब ६२ करोड पुग्नेछ । कम्पनीले सर्वसाधारणका लागि यही पूँजीका आधारमा ३० प्रतिशत आईपीओ निष्कासन गरे पश्चात् पूँजी रू. ३ अर्ब ७५ करोड पुग्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।