मुक्तिनाथ कृषि कम्पनीको साधारणसभा असोज २८ मा, ५५.५५ % हकप्रद शेयर निष्कासनकाे प्रस्ताव पेश गरिने

Share News

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चौथो वार्षिक साधारणसभा असोज २८ गते गर्ने भएको छ । बसुन्धारास्थित दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेसमा दिनको १ बजे साधारणसभा शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

साधारणसभामा हाल कायम चुक्तापूँजी रू. ३६ करोड ५५ दशमलव ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ । त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिने कम्पनीले जनाएकाे छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।