इन्फिनिटी लघुवित्तको स्वतन्त्र सञ्चालकमा जोशी नियुक्त

Share News

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा महेश्वरप्रसाद जोशीलाई नियुक्त गरेको छ ।

कम्पनीको गत शुक्रवार बसेको सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालकमा जोशीलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ । साथै स्वतन्त्र सञ्चालक नरसिंह रायमाझीको चारवर्षे पदावधि गत शुक्रवार सकिएको कम्पनीले जानकारी दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।