कुमारी इक्वीटी फण्डको न्याभ रू.१०.२८

Share News

असोज ११, काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले सम्पत्ति मूल्य विवरण (न्याभ) मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) साउन महीनाको तुलनामा भदौं महिनामा घटेको छ । साउन मसान्तसम्ममा फण्डको न्याभ रू. १० दशमलव ४६ कायम भएकोमा भदौं महीनामा रू. १० दशमलव २८ कायम भएको हो । 

त्यसैगरी फण्डको नाफा साउन महीनाको तुलनामा भदौं महीनामा घटेको छ । फण्डले साउन मसान्तसम्ममा रू. १ करोड २१ लाख कूल नाफा आर्जन गरेकोेमा  भदौं महिनामा घटेर रु.५० लाख ५६ हजार ऋणात्मक भएको छ । साउन मसान्तसम्ममा फण्डको जम्मा खर्च रू.१६ लाख २१ हजार रहेकोमा भदौ महीनामा बढेर रू.३३ लाख ३३ हजार पुगेको हो । 

फण्डको सूचीकृत शेयरमा लगानी बढेको  छ । साउन मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. ४७ करोड ३३ लाख रहेकोमा भदौं मसान्तसम्म रू.५१ करोड ४ लाख पुगेको छ । फण्डको मुद्दती निक्षेपमा रू. ७ करोड रहेको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।