छिमेक लघुवित्तद्वारा शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध

Share News

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ ।

कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको आव २०६९÷७० देखि २०७२÷७३ सम्मको नगद लाभांश कतिपय शेयरधनीले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले नगद लाभांश लिन भनेको हो ।

लाभांश रक लिन बाँकी शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र शेयर प्रमाणपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा सम्पर्क गरी लिन सक्नेछन् । सो अवधिमा भित्र लाभांश रकम लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले बताएको छ ।

साथै आव २०६९/ ७० भन्दा पहिले भुक्तानी नभई बाँकी रहेको नगद लाभांशहरु यस अघिनै लगानीकर्ता संरक्षण कोषमा जम्मा भइसकेको पनि कम्पनीले जानकारी दिएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।