सिटिजन्स म्युचुअल फण्ड–१ को न्याभ ८.९०

Share News

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–१ ले खुद सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) साउनको तुलनामा भदौमा घटेको छ । साउन मसान्तसम्म फण्डको न्याभ रू. ९ दशमलव शून्य ३ रहेकोमा भदौमा रू. ८ दशमलव ९० कायम भएको छ । 

त्यसैगरी फण्ड साउनमा रू. ९२ लाख २५ हजार नोक्सानीमा थियो भने फण्डको नोक्सानी भदौमा १ करोड ९९ लाख पुगेको छ । 

साउन मसान्तसम्ममा जम्मा खर्च रू. ११ लाख रहेकोमा भदौ मसान्तसम्ममा रू. २३ लाख पुगेकाे छ । त्यसैगरी भदौ मसान्तसम्म फण्डको जम्मा नोक्सानी रू. १ करोड ७५ लाख छ । 

फण्डको सूचीकृत शेयरमा रू. ३९ करोड ६० लाख लगानी छ भने फण्डको मुद्दती निक्षेपमा रू. ७ करोड ७५ लाख छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।