महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री 

Share News

काठमाडौं । महालक्ष्मी विकास बैंकले ७ हजार ७४६ कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ ।

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरुले  सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन पुग्ने गरी आवेदन दिनुपर्नेछ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।