काठमाडौं । एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमी फिप्टीले भदौ महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी साउनको तुलनामा भदौ महीनामा घटेको छ । फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू.९९ करोड ५५ लाख रहेकोमा भदौ मसान्तसम्ममा घटेर रू. ९४ करोड ८० लाखमा सीमित भएको छ ।
त्यसैगरी फण्डको न्याभ पनि घटेको छ । साउन महीनामा फण्डको न्याभ रू. ११ दशमलव १४ रहेकोमा भदौ महीनामा रू. १० दशमलव ७५ कायम भएको छ ।
त्यस्तै फण्डको नोक्सानीमा पनि वृद्धि भएको छ । फण्डले साउन मसान्तसम्ममा रू. १ करोड १८ लाख नोक्सानीमा रहेकोमा भदौ मसान्तसम्ममा रू. ६ करोड ६ लाख पुगेको हो । भदौ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।
फण्डको साउन मसान्तसम्ममा जम्मा खर्च रू.२७ लाख ४४ हजार रहेकोमा भदौ मसान्तसम्ममा बढेर रू. ४८ लाख ५९ हजार पुगेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।