ग्रीन भेन्चर्सले बल्ल सार्वजनिक गर्‍यो चौथो त्रैमासिक वित्तीय विवरण,नाफा रू. ९ करोड १९ लाख

Share News

असोज १४, काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण बल्ल शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ९ करोड १९ लाख नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले रू. ९७ लाख ९९ हजार नोक्सानीमा थियो ।

गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. ९४ करोड ४३ लाख आम्दानी गरेको छ । सोही कारण कम्पनी नाफामा गएको हो । अघिल्लो वर्षमा कम्पनीले विद्युत विक्री शुरु गरेको थिएन । 

कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब १२ करोड रहेको छ । जगेडा कोष भने रू. ११ करोड १४ लाख ऋणात्मक  रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ४१ ,मूल्य आम्दानी अनुपात ८८ दशमलव ९१ टाइम्स र प्रतिशेयर नेटवर्थ रू. ९६ दशमलव ४३ रहेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।