ग्लोबल आइएमई ब्यालेनस्ड फण्ड १ को न्याभ घट्यो

Share News

असोज १४, काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेनस्ड १ ले भदौ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फण्डको न्याभ घटेको छ । साउन मसान्तसम्ममा फण्डको न्याभ रू. ९ दशमलव ९३ रहेकोमा भदौ मसान्तसम्ममा रू. ९ दशमलव ८० कायम भएको हो । त्यसैगरी फण्डको नोक्सानी भने साउन महीनाको तुलनामा भदौ महीनामा बढेको छ । साउन मसान्तसम्ममा फण्डले रू. ७५ लाख ३२ हजार नोक्सानी रहेकोमा भदौ मसान्तसम्ममा बढेर रू. २ करोड ४ लाख पुगेको हो । भदौ महीनामा फण्डको खर्चमा वृद्धि भएसँगै आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । भदौ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. १ करोड ३५ लाख ऋणात्मक रहेको छ । त्यसैगरी फण्डको साउन मसान्तसम्ममा कुल खर्च रू. ५२ लाख ९८ हजार रहेकोमा भदौ मसान्तसम्ममा बढेर रू. ६८ लाख ६९ हजार पुगेको हो । फण्डको सूचीकृत शेयरमा लगानी भने बढेको छ । साउन मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १० करोड १० लाख लगानी रहेकोमा भदौ मसान्तसम्ममा बढेर रू. २६ करोड ८४ लाख पुगेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।