तेस्रो 'स्वस्तिक ब्याडमिन्टन प्रिमियर लिग २०७९ को ' उपाधि बिसन -  सुरेशको जोडिलाई

Share News

काठमाडौं । विजया दशमी, दिपावली एवं छठ पर्वको अवसरमा स्वस्तिक स्पोर्टस क्लबले आयोजना गरेको 'स्वस्तिक ब्याडमिन्टन प्रिमियर लिगको २०७९' उपाधि बिसन कुमार राई र सुरज श्रेष्ठको जोडिले हात पारेको छ । 

१० ओटा टिम सहभागी रहेको प्रतियोगिता राउन्ड रोबिन तथा नक आउट प्रणालीमा खेलाईएको थियो । निकै प्रतिस्पर्धात्मक फाईनल प्रतियोगितामा बिशन कुमार राई र सुरज श्रेष्ठको जोडिले बम बहादुर थापा र दिपेन राईको जोडिलाई पराजित गर्दै उपाधी हात पारेका हुन् ।

ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं ४ मा  अवस्थित स्वस्तिक स्पोर्टस क्लबले सबै उमेर समूहलाई लक्षित गरी खेलकुद तथा विभिन्न सामाजिक विकासका कार्यक्रमहरु नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।