सुन खरीदविक्री गर्ने सुविधा ल्याउँदै बम्बे स्टक एक्सचेञ्ज, दीपावलीदेखि ट्रेडिंग हुने सम्भावना

Share News

नयाँदिल्ली । बम्बे स्टक एक्सचेञ्ज(बीएसई) ले भारतको बजार नियामक निकाय सेबीबाट सुनको कारोबार गर्न अनुमति पाएको छ ।

बीएसईले सम्भबत : आगामी दीपावलीदेखि लगानीकर्तालाई स्टक मार्केटबाट सुन खरीदविक्री गर्न सक्ने सुविधा दिने छ । । बीएसईबाट अव शेयर कारोबार मात्र नभइ सुनको पनि खरीदविक्री सेवा शुरु हुनेछ । बजार नियामक सेबीले बीएसईलाई सुनको ट्रेडिंग गर्न अनुमति समेत दिइसकेको छ । सुनको कारोबारका लागि सेबीबाट अनुमति पाइसकेकाले बीएसई प्लेटफार्ममा सुनको कारोबारको शुरुवातको प्रक्रिया शुरु भइसकेको बिजनेश स्टयाण्डर्डले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

कसरी हुन्छ त सुनको खरीदविक्री ?

सुनको खरीदविक्री इलेक्ट्रोनिक गोल्ड रिसीट (ईजीआर) को रूपमा हुने छ तर लगानीकर्ताले भौतिक रुपमा सुन नै लिन चाहेमा यसको सुविधा समेत उपलब्ध गराउने योजना छ  ।  

सिक्का तथा बारको आकारमा लगानीकर्तालाई सुन उपलब्ध गराइने छ  । भौतिक रुपमा सुन भने बीएसई बिजनेश सेन्टरले लगानीकर्तालाई उपलब्ध गराउने छ । त्यसैगरी घरमा राखेको सुन पनि बीएसईमार्फत जुनसुकै समयमा विक्री गर्न सकिनेछ ।यस्तो खरीदविक्री शेयर खरीदविक्री गरे जस्तै हुनेछ । यसका लागि त्यहाँ अलग खाता खोल्न जरुरी गरिएको छैन । लगानीकर्तासँग डीम्याट खाता भने अनिवार्य  हुनु पर्दछ ।

भौतिक रुपमा लगानीकर्ताले सुन खरीद गर्न या विक्री गर्ने प्रक्रियाका लागि ब्रिक्स इन्डिया र सिक्वेल लाजिस्टिक बीच सम्झौता भइसकेको छ । जो लगानीकर्ता भौतिक रुपमा सुन खरीद गर्न वा विक्री गर्न चाहन्छन् उनीहरु ती कम्पनीमा गएर यो प्रक्रिया शुरु गर्न सक्दछन् ।

यदि कुनै लगानीकर्ता घरमा राखेको सुनलाई ईजीआरको रुपमा आफ्नो डिम्याट खातामा राख्न इच्छुक छन् भने पनि ती कम्पनीमा गएर भौतिक रुपमा सुन जम्मा गर्न सक्नेछन् । यस्तो किसिमको ट्रेडिंगका लागि नियामकले बीएसईलाई  बैंकले जस्तै गरी सुनको आयात गर्ने अनुमति दिएको छ । एजेन्सीहरु

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।