भारतीय कम्पनीको कफ सिरपविरुद्ध डब्ल्यूएचओले जारी गर्‍यो चेतावनी

Share News

नयाँदिल्ली (भारत) । विश्व स्वास्थ्य संगठनले भारतीय कम्पनीले बनाएको खोकीको औषधिविरुद्ध अलर्ट जारी गरेको छ ।

गामिबियामा औषधि सेवनपछि ६६ जना बच्चाको मृत्यु भएपछि संगठनले सो घटनामाथि छानबिन गरिरहेको छ । बुधवार संगठनले भारतीय कम्पनीविरुद्ध चेतावनी दिएको हो । कफ र कोल्ड सिरप हरियाणास्थित मेडेन फर्मास्युटिकल लिमिटेडले बनाएको हो । खबरका अनुसार संगठनले भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ) लाई औषधिको लेबल अनि उत्पादनबारे जानकारी दिएको छैन  ।

कम्पनीले यी औषधिहरुको सुरक्षा र गुणस्तरबारे ग्यारेन्टी पनि नदिएको बताइएको छ । मृत्यु  र कफ सिरपबीच कस्तो सम्बन्ध छ भन्ने बताइएको छैन । सम्बन्ध खुलेपछि औषधि विकासको पहिचान र स्रोतको पूष्टि गरिने बताइएको छ । यसविरुद्ध कठोर कदम उठाइने बताइएको छ । डब्ल्यूएचओका महानिर्देशक टेडरोस अदनहोम गेब्रेहेसुसले बुधवार नै एक ट्विटमा चार ओटा औषधि विरुद्ध अलर्ट जारी गरेको बताएका थिए ।  

ती चार ओटा औषधिहरु प्रोमेथाजिन ओरल सलुशन, कोफेक्समालिन बेबी कफ सिरप, म्याकोफा बेबी कफ सिरप र माग्रिप एन कोल्ड सिरप हो । विषाक्त औषधिहरु अहिलेसम्म गामिबियामा मात्रै पहिचान भएको बताइएको छ । औषधि अन्य देशमा पनि पठाइएको हुन सक्ने अनुमान गरिएको छ ।

डब्ल्यूएचओले औषधि कुन - कुन देशमा पठाइएको हो भनेर  पत्ता लगाउन र बजारमा गएका औषधिहरु हटाउन सिफारिस गरेको छ । समस्या देखिएका औषधिहरुले मापदन्ड वा विशिष्टता पूरा गर्न नसकेको कमसल खालको पनि डब्ल्यूएचओले बताएको छ ।

समस्याकारी औषधिमा स्वीकार गर्नै नसक्ने मात्रामा डाइथेलिन ग्लाइकोल र इथाइलिन भएको प्रयोगशालाको विश्लेषणले देखाएको छ । डाइथेलिन ग्लाइकोल र इथाइलिन सेवन मानव शरीरको लागि विषाक्त तत्व हो ।

यसको सेवनले मानिसको मृत्यु समेत हुन सक्छ । यसको सेवनका कारण पेट दुख्ने, बान्ता हुने, पखला लाग्ने, पिसाबमा समस्या, टाउको दुख्ने लगायत अनेकौं समस्या देखिने अनि मृत्यु नै हुन सक्ने डब्ल्यूएचओले बताएको छ ।एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।