सामसङको मुनाफा ३२ % ले घट्ने चेतावनी 

Share News

सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली विद्युतीय उपकरण निर्माता कम्पनी सामसङको मुनाफा दोहोरो अंकले घट्ने देखिएको छ ।

कम्पनीले शुक्रवार गत वर्षको सोही अवधिको तुलनामा सेप्टेम्बरसम्मको तीन महीनामा आफ्नो मुनाफा ३२ प्रतिशतले घट्ने चेतावनी दिएको छ । 

विश्वव्यापी आर्थिक मन्दीका कारण विद्युतीय उपकरण र मेमोरी चिपको माग खुम्चिएको अवस्थामा सो चेतावनी दिइएको हो ।  कम्पनीका अनुसार त्रैमासिक मुनाफा करीब १०८ खर्ब वन (७ अर्ब ६० करोड डलर) रहनेछ । बिहीवार नै अमेरिकी चिप निर्माता कम्पनी एड्भान्स्ड माइक्रो डिभाइसेज (एएमडी) ले पनि कम्प्युटरको माग घट्दा मुनाफा प्रभावित हुन सक्ने बताएको थियो । 

संसारभर महँगी बढेर जीवनयापन खर्च धान्न सकस भइरहेकै समयमा मानिसहरुले उपकरणलगायत सामानमा खर्च कटौती गरिरहेका छन् । यो त्रैमासिक कमी झन्डै तीन वर्षयताकै पहिलो हुनेछ । कम्पनीले अक्टोबर २७ मा त्रैमासिक तथ्यांक सार्वजनिक गर्दैछ । तेस्रो त्रैमासमा एएमडीको खुद मुनाफा १ खर्ब डलर रहने बताइएको छ । यो यस अघि गरिएको प्रक्षेपणको तुलनामा कम हो । 

यसले चिपको मागमा अपेक्षा गरिएभन्दा खराब कमी आउनेतर्फ संकेत गरिएको छ । सेप्टेम्बर त्रैमासमा पीसी बजारमा उल्लेख्य रुपमा कमजोर बनेको एएमडीको प्रमुख कार्यकारी लिसा सुले भनिन् । कमजोर आर्थिक अवस्थाका कारण माग अपेक्षाकृत न्यून रहेको उनको भनाइ छ । 

यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा कम्पनीका लागि अवस्था समग्रमा यस्तै रहने क्राउनप्वाइन्ट रिसर्चका बजार विश्लेषक निल शाहले भनेका छन् । उच्च महँगी, उच्च ब्याजदर र रुसले युक्रेनमाथि गरेको आक्रमणको प्रभावका कारण विद्युतीय उपकरणको विक्री प्रभावित भएको उनले बताएका छन् । एजेन्सी
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।