काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले ३५ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ ।
कम्पनीको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ४५ करोड २० लाखको आधारमा १ बराबर शून्य दशमलव ३५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।
उक्त निर्णयलाई आगामी वार्षिक साधारण सभाबाट पारित गराउन नेपाल राष्ट्र बैंकले असोज १४ गते स्वीकृति प्रदान गरेको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको छ ।
कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति लिने प्रक्रिया अघि बढ्नेछ । बोर्डको स्वीकृति पश्चात् मात्र कम्पनीलाई उक्त हकप्रद शेयर निष्कासनको बाटो खुला हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।