काठमाडौं। व्हाट्सएपले आफ्नो प्रिमियम सदस्यता योजना शुरू गर्न लागेको छ । प्रिमियम प्रयोगकर्ताहरूले हाल कायम रहेको भन्दा बढि सदस्यहरूसँग भिडियो कल गर्न सक्ने भएका छन् । भने आफ्नो वेबसाइट लिङ्क पनि थप्न सकिने भएको छ ।
यो योजना एन्ड्रोइड र आईओएस प्रयोगकर्ता दुबैको लागि उपलब्ध प्रिमियम योजनाहरू हाल व्यावसायिक प्रयोगकर्ताहरूको लागि उपलब्ध रहेको छ । हाललाई व्यवसायिक बाहेक अन्य प्रयोगकर्ताहरूले प्रिमियम योजना प्रयोग गर्न पाउने छैनन् । व्हाट्सएपबाट व्यवसाय चलाउँदै आउका प्रयोगकर्ताहरूले एपमा आफ्नो वेबसाइट लिङ्क थप्न सक्नेछन्। सोहि लिङ्कमा क्लिक गरेर ग्राहक सीधै वेबसाइटमा पुग्नेछन् ।
१० ओटा डीभाइसमा एकैसाथ प्रयोग गर्न सकिने
हाल एकै समयमा ४ उपकरणहरूमा व्हाट्सएप प्रयोग गर्न सकिन्छ तर, प्रिमियम सदस्यहरूले एकै पटक १० वटा डिभाइस् जडान गर्ने सुविधा पाउनेछन्। भिडियो कलिङमा पनि नयाँ फिचर थपिएको छ । हाल, व्हाट्सएपमा भिडियो कलमा ३२ जनालाई मात्रै जोड्न सकिन्छ। अब यसमा थप सदस्य थप्न सकिन्छ ।
प्रिमियम सदस्यता योजना लिंदा कति खर्च हुनेछ?
व्हाट्सएपले व्यापारीक प्रयोगकर्ताहरूको लागि प्रिमियम सदस्यता योजनाहरूको मूल्य भने अझै जारी गरेको छैन। साथै, सामान्य प्रयोगकर्ताको सदस्यता योजना पनि हटाइएको छैन। यस्तो अवस्थामा, व्हाट्सएपको सब्सक्रिप्शन प्लान कति खर्च हुन्छ भनेर हेर्न रोचक हुने देखिएको छ।
व्हाट्सएप ग्रुपमा अब १ हजार २४ जना सम्म सदस्यहरू हुनेछन्
अब ह्वाट्सएप ग्रुपमा ५१२ को सट्टा १०२४ सदस्य थप्न सकिनेछ । ग्रुरुप सदस्यहरूको लागि २०२२ को सुरुमा २५६ बाट ५१२ सम्म सिमा बढाइएको थियो। यद्यपि, व्हाट्सएपले ग्रुप सदस्यहरू बढाउने बारे आधिकारिक घोषणा भने गरेको छैन।
२ लाख सदस्य टेलिग्राममा जोडिन सक्छन्
एपको बिटा संस्करण परीक्षण गर्न एन्ड्रोइड र आईओएसका केही प्रयोगकर्ताहरूका लागि थप ग्रुप सदस्यहरू थप्ने सुविधा पनि जारी गरिएको छ। व्हाट्सएपको प्रतिद्वन्द्वी एप टेलिग्राममा २ लाख भन्दा बढी प्रयोगकर्ताहरूलाई ग्रुपमा थप्न सकिन्छ।
'व्हाट्सएप मार्फत जासूसी' : टेलिग्रामका संस्थापकपावेल डुरोभ
टेलिग्रामका संस्थापक पावेल डुरोभले व्हाट्सएप १३ वर्षदेखि निगरानी मेसिन बनेको बताउका छन् । एक सुरक्षा समस्याको भन्दै पावेलले भने 'ह्याकरहरूले व्हाट्सएप प्रयोगकर्ताहरूको पूरा मोबाइल डाटामा पहुँच राख्न सक्छन्।' उनले ह्वाट्सएपको सट्टा अन्य मेसेजिङ एप प्रयोग गर्न पनि सल्लाह दिएका छन्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।