आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा आज, आईपीओ निष्कासन मुख्य प्रस्ताव

Share News

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा आज (असोज २६ गते) हुँदैछ ।

सभा लैनचौर बैङक्वेट्स लैनचौर, काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने छ । सभाले कम्पनीले पूँजी वृद्धि गर्न संस्थापक शेयरधनीलाई हाल कायम चुक्तापूँजीमा शतप्रतिशत बराबरको शेयर पूँजी पुन थप  गर्ने र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । 
 
त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने  आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।