बिहीवारसम्म कायम शेयरधीहरूले मात्र पाउँछन् सिटिजन्स बैंकको लाभांश 

Share News

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ ।

यस वर्ष कम्पनीले करसमेत ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १४ अर्ब २० करोड ९ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश कम्पनीले वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त लाभांश पारितका लागि कम्पनीले आगामी कात्तिक ४ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गरेको यस कम्पनीले साधारण सभासमेत सबैभन्दा पहिला गर्न लागेको हो । 

कम्पनीले सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंको विहान ११ बजे सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते एक दिन बुक क्लोज गर्ने भएकाले असोज २७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । 
 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।