५ वर्ष पुरानो लाभांश बुझिलिन सिभिल बैंकद्वारा अनुरोध 

Share News

काठमाडौं । सिभिल बैंकले पाँच वर्ष पुरानो लाभांश बुुझिलिन सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । 

कम्पनीले साविक एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडका केहि शेयरधनीहरूले लाभांश बुझिलिन बाँकी रहेकाले सूचना जारी गर्दै बुझिलिन आग्रह गरेको हो । 

सम्बन्धित शेयरधनीहरूले शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ । भुक्तानी लिन बाँकी रहेका सदस्यहरूको विवरण कम्पनीको वेबसाइटबाट डाउनलोड गरी हेर्न सकिने छ ।  सूचना प्रकाशित भएको मितिले ३० दिनसम्म भुक्तानी नभएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।