बैंक अफ काठमाण्डूकाे २०.९५ प्रतिशत लाभांश घोषणा, बोनस शेयरमाभन्दा नगद लाभांशमा जोड

Share News

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले शेयरधनीलाई आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कुल लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । ग्लोबल आईएमई बैंक र यस बैंक अफ काठडमाण्डू बीच एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै शेयर कारोबार रोक्का रहेको छ ।  


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।