मुक्तिनाथ कृषि कम्पनीको साधारणसभा सम्पन्न, शेयर निष्कासन गर्ने प्रस्ताव पारित

Share News

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा असोज २८ गते सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्तापूँजी रु. ३६ करोडको ५५ दशमलव ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित र आव २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।