काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असोज २७ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले आगमी १० वर्ष सम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।