आइएमई लाइफ इन्स्योरेन्सद्वारा संस्थापक शेयरधनीलाई शत प्रतिशत जम्मा गर्न अनुरोध

Share News

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीलाई शेयर बापतको थप शतप्रतिशत रकम जम्मा गर्न अनुरोध गरेको छ ।

कम्पनीको पाचौँ वार्षिक साधारण सभाबाट  सत प्रतिशत पूँजी थप गर्ने निर्णय भएसँगै असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीले यस्तो अनुरोध गरेको हो । शेयरधनीहरुले मंसिर ५ गतेसम्म थप रकम बुझाउन सक्नेछन् । संस्थापक शेयरधनीहरुले सिद्धार्थ बैंकको नाममा रहेको खाता नं ५५५००३५८८१४ र नबिल बैंकमा रहेको खाता नं ००२०१०१७५०५३७८ मा रकम जम्मा गर्न पर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी रु. १ अर्ब ४० करोड रहेको छ । संस्थापक शेयरधनीहरुबाट शतप्रतिशत रकम थपेपछि पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । यही पूँजीका आधारमा कम्पनीले आईपीओ निष्कासन गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।