सिटिजन्स बैकको १६औं वार्षिक साधारण सभा शुक्रवार, ९ % नगद लाभांश पारित गर्ने प्रस्ताव

Share News

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको १६औं वार्षिक साधारण सभा शुक्रवार अर्थात् कात्तिक ४ गते हुने भएको छ । कम्पनीले सभा अमृतभोग कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको छ ।

सभाले ९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले यो बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एकापसमा गाभ्ने गाभिने प्रयोजनको लागि सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपश्चात् साविकको पूँजी संरचना संस्थापकतर्फको ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशतलाई परिवर्तन गरी संस्थापकतर्फ ५१ दशमलव शून्य ७ प्रतिशत र सर्वसाधारणतर्फ ४८ दशमलव ९३ प्रतिशत कायम भएकाले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा असोज २७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।