गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा शुक्रवार

Share News

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १२औं वार्षिक साधारण सभा शु्क्रवार अर्थात् कात्तिक ४ गते हुँदै छ । सभा कम्पनीको प्रधान कार्यालय तीनकुनेमा बिहान ११ बजे शुरू हुनेछ । साधारण सभाले आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै आव ०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी कम्पनीले आर्थिक वर्ष ०७६/७७ सम्मको मुनाफाबाट कुल ७ दशमलव ४४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ  । 

हाल यो कम्पनी मर्जर प्रक्रियामा छ । गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र युनियन लाइफ मर्जरमा जाने प्रक्रियामा छन् । आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा यी कम्पनीहरू एक भएर तोकेबमोजिमको पूँजी कायम गर्न लागेका हुन् । साधारण सभाले मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता पत्रलाई समेत पारित गर्नेछ ।

बोनस शेयर वितरणपछि पूँजी वृद्धि हुने हुँदा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावलाई समेत सभाले पारित गर्नेछ । गत वैशाख २९ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेको कम्पनीको शेयर कारोबार गत जेठ ३ गतेदेखि नै रोक्का छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गर्ने बताएको छ । यसर्थ असोज २५ गतेसम्म शेयर किताबमा कायम शेयरधनीहरू लाभांश प्राप्त गर्न एवं साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।