काठमाडौं ।धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइतवार स्पेशल प्रि-ओपन सेसनमा पहिलो कारोबार भएको छ ।
कम्पनीको प्रतिकित्ता रू. १७९ दशमलव ७० मा पहिलो कारोबार भएको हो । कम्पनीको शेयर गत बिहीवार १० लाख ३१ हजार कित्ता साधारण शेयर सूचीकृत भएको छ । पहिलो कारोबारको लागि नेप्सेले रू. १४८ दशमलव ६६ देखि ४४५ दशमलव ९८ ओपन रेञ्ज तोकेको थियो । नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३ लाख ३१ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता गरेर कुल १० लाख ३१ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।