काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/ ७९ मा आफ्ना शेयरधनीलाई १३ दशमलव ६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ को वितरण योग्य मुनाफाबाट १३ दशमलव ६ प्रतिशत लाभांश (बोनश शेयर ३ प्रतिशत र नगद लाभांश १० दशमलव ६ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले चुक्तापूँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करीब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनश शेयर र १० दशमलव ६ प्रतिशतले हुन आउने करीब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभाशं शेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात शेयरधनीले पाउने छन् । कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३ प्रतिशत बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।