काठमाडौं । एनएमबि बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ९० करोड ४१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने १३ प्रतिशत कमि आएको हो । गत आवमा कम्पनीले रू. १ अर्ब ४ करोड नाफा कमाएको थियो ।
त्यसैगरी चालू आवमा कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब २३ करोड रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ४४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ अर्ब ४२ करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २ अर्ब ५ करोड पुगेको हो । नाफामा कमि आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव ७५ रहेकोमा चालू आवमा रू. १९ दशमलव ६९ मा झरेको हो ।
कम्पनीको चुक्तापूँजी रू. १८ अर्ब ३६ करोड रहेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडामा रू. ६ अर्ब ८८ करोड र रिटेण्ड अर्निङमा रू. २ अर्ब ५८ करोड सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. १ खर्ब ८० अर्ब निक्षेप संकलन गरेर रू. १ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।