एभरेष्ट बैंकको नाफा ४८ % बढ्यो, प्रतिशेयर आम्दानी कति ?

Share News

काठमाडौं । एभरेष्ट बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४८ दशमलव ९५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ५७ करोड ८८ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ८६ करोड २२ लाख पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चाल नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ७२ प्रतिशत र सञ्चालन नाफा ४८ प्रतिशत वृद्धि भएको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव ६० रहेकोमा चालू आवमा बढेर रू. ३६ दशमलव ५८ पुगेको हो । त्यसैगरी चालू आवमा कम्पनीको वितरणयोग्य नाफा रू. ४ अर्ब ७१ करोड रहेको छ । 

कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ४६ करोड रहेको छ ।चालू आवमा कम्पनीले जगेडामा रू. ८ अर्ब ९९ करोड ,रिटेण्ट अर्निङमा रू. ४ अर्ब ७१ करोड र शेयर प्रिमियममा रू. २३ करोड ८४ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १३ दशमलव ७८ गुणा ,तरलता अनुपात २६ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २४७ दशमलव ३२ रहेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।