चालू आवको ३ महीनामा मुक्तिनाथ विकास बैंकले कमायो रू. ३० करोड ७४ लाख नाफा

Share News

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार चालू आवको तीन महीनामा रू. ३० करोड ७४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने ११ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ३४ करोड ५५ लाख नाफा कमाएको थियो ।

चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेसँगै नाफा घटेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा ११ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू.४९ करोड ३६ लाख रहेकोमा चालू आवमा रू.४३ करोड ९१ लाखमा सिमित भएको हो । 

खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा २२ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू.८३ करोड ७६ लाख खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले चालू आवमा  बढाएर रू. १ अर्ब २ करोड आम्दानी गरेको छ। कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २४ दशमलव ४४ रहेकोमा चालू आवमा रू. २१ दशमलव ७४ मा झरेको छ ।

कम्पनीको चुक्तापूँजी रू. ५ अर्ब ६५ करोड रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा रू. १ अर्ब ९५ करोड र रिटेण्ड अर्निङमा रू.७९ करोड ७५ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १८ दशमलव ७२ गुणा, तरलता अुनपात २३ दशमलव ७५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४८ दशमलव ५८ रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।