मल्टीपर्पस फाइनान्सको शेयर संरचना परिवर्तन 

Share News

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ। हाल कम्पनीको शेयर संरचना संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत रहेकोमा संस्थापक समूहको ५१ प्रतिशत सर्वसाधारणको ४९ प्रतिशत बनाउन लागेको हो ।

संस्थापक समूहको ५१ प्रतिशत कायम राखी बाँकी शेयर सर्वसाधारण समूहमा परिणत गर्ने निर्णय भएको हो । कुनै संस्थापक समूहमा रहेका शेयरधनीले आफ्नो नाममा रहेको शेयर सर्वसाधारण समूहमा परिणत गर्न नचाहेमा सोको जानकारी ३५ दिनभित्र कम्पनीको कम्पनी सचिवको कार्यालयमा जानकारी गराउनुपर्नेछ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।