गत आवकाे पहिलाे त्रैमासमा ६ लाख नाफा कमाएकाे ग्रीन डेभलपमेण्ट बैंक याे वर्ष पाैने २ करोड नोक्सानीमा

Share News

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा ग्रीन डेभलपमेण्ट बैंक पाैने २ कराेड नाेक्सानीमा छ । बैंकले सार्वजनिक गरेकाे चालू आवकाे पहिलाे त्रैमासकाे वित्तीय विवरण अनुसार बैंक रू. १ करोड ७८ लाख नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ६ लाख १६ हजार नाफा कमाएको थियो । 

चालू आवमा इम्पेरिमेन्ट चार्ज बढेकाले कम्पनी रू. १ करोड ७८ लाख नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज रू. १ करोड १२ लाख रहेकोमा चालू आवमा बढेर रू. ३ करोड ८३ लाख पुगेको छ ।

त्यसैगरी कम्पनीको निष्क्रिय कर्जा पनि बढेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ४५ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशमलव ४८ प्रतिशत पुगेको हो ।

कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ४० प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. २ करोड ६३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ३ करोड ७० लाख पुगेको हो ।

त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ५१ करोड ९० लाख छ । चालू आवमा कम्पनीले जगेडामा रू. ४ करोड १४ लाख र रिटेण्ड अर्निङमा रू. ६ लाख ३२ हजार सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ३ अर्ब निक्षेप सकंलन गरेर रू. २ अर्ब ७३ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।