काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले असोज मसान्तसम्मको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेको छ ।
उक्त विवरणअनुसार फण्डको नाफा भदौ महीनाको तुलनामा असोज महीनामा घटेको छ । फण्डले भदौ महीनामा रू. ८ करोड ९१ लाख नाफा कमाएकोमा असोज महीनामा रू. ८ करोड ३५ लाखमा सीमित भएको छ ।
असोज महीनामा फण्डको आम्दानीमा कमी आएसँगै नाफा घटेको हो । फण्डले भदौ मसान्त सम्ममा रू. ९ करोड २६ लाख आम्दानी गरेकोमा असोज महीनामा रू. ८ करोड ८६ लाखमा झरेको छ । त्यसैगरी फण्डको न्याभ भने भदौ महीनाको तुलनामा असोज महीनामा घटेको छ ।
भदौ मसान्तसम्ममा फण्डको न्याभ रू.१२ दशमलव ४९ रहेकोमा असोज मसान्तसम्ममा रू. १२ दशमलव ४२ कायम भएको छ । त्यसैगरी फण्डलै असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५६ करोड ७९ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तसम्ममा रू. ५७ करोड ५८ लाख थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।