असोज मसान्तसम्म एनआईबिएल प्रगति फण्डको सूचीकृत शेयरमा लगानी ४५ करोड ७४ लाख

Share News

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले असार मसान्तसम्म सूचीकृत शेयरमा रू. ४५ करोड ७४ लाख लगानी गरेको छ ।
 
फण्डले मंगलवार सार्वजनिक गरेको खुद सम्पत्ति मूल्यसम्बन्धी विवरण अनुसार भदौ महीनाको तुलनामा असोजमा  सूचीकृत शेयरमा लगानी घटेको छ । भदौ मसान्तसम्म फण्डले रू. ४६ करोड ७१ लाख लगानी गरेको थियो । 

त्यस्तै भदौ मसान्तको तुलनामा असोजमा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । भदौ फण्डको न्याभ रू. ९ दशमलव ७७ थियो भने असोज महीनामा ९ दशमलव ६४ रहेको छ । 

फण्ड असोज मसान्तसम्म रू.२ करोड ७५ लाख नोक्सानीमा छ । भदौ महीनामा फण्ड १ करोड ७३ लाख नोक्सानीमा थियो । त्यस्तै फण्डको जम्मा खर्च ३६ लाख रहेको छ । भदौ महीनामा फण्डको खर्च २४ लाख थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।