एनएमबि सरल बचत फण्ड - ई को नोक्सानी बढ्यो, न्याभ कति ?

Share News

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड-  ई ले असोज महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरणअनुसार फण्डको नोक्सानी भदौ मसान्तको तुलनामा असोज मसान्तमा बढेको छ । भदौ मसान्तमा फण्डको नोक्सानी रू. २ करोड ७ लाख रहेकोमा असोज मसान्तसम्म बढेर रू. २ करोड ५८ लाख पुगेको छ ।

असोज महीनामा फण्डको खर्चमा वृद्धि भएसँगै जम्मा आम्दानी रू. २ करोड ३२ लाख ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । फण्डको भदौ मसान्तसम्म जम्मा खर्च रू. १८ लाख रहेकोमा असोज मसान्तसम्म बढेर रू.२६ लाख पुगेको छ । त्यसैगरी फण्डको न्याभ पनि घटेको छ । भदौ मसान्तसम्ममा फण्डको न्याभ रू. ८ दशमलव ७७ रहेकोमा असोज मसान्तसम्ममा घटेर रू. ८ दशमलव ६८ कायम भएको छ । 

भदौ महीनाको तुलनमा भने असोज महीनामा फण्डको सूचीकृत शेयरमा लगानी बढेको छ । फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ३१ करोड ६८ लाख लगानी गरेकोमा असोज मसान्तसम्ममा बढेर रू. ३१ करोड ९३ लाख पुगेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।