मल्टीपर्पस फाइनान्स ४ लाखभन्दा बढी नाफामा

Share News

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म मल्टीपर्पस फाइनान्स लिमिटेडले रू. ४ लाख १८ हजार खुद नाफा गरेको छ । गत आवको यस अवधिसम्म रू. १ लाख ५२ हजार खुद नोक्सानीमा रहेको कम्पनीले यस आवमा भने नाफा कमाएको छ । 

गत आवको पहिलो त्रैमाससम्मको कम्पनीको सञ्चालन नाफाको तुलना गर्दा यस त्रैमासमा १८ गुणा बढी नाफा गर्न सफल भएको देखिन्छ । गत आवको पहिलो त्रैमासमा रू. ३२ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस आवको सोही अवधिमा रू. ५ लाख ७८ हजार सञ्चालन नाफा गरेको छ ।

यस आवको पहिलो त्रैमासमा खुद सञ्चालन आम्दानी बढेकाले सञ्चालन नाफा बढ्न सहयोग मिलेको हो । गत आव पहिलो त्रैमासमा रू. ६१ लाख ९३ हजार रहेको खुद सञ्चालन आम्दानी यस आवको सोही अवधिमा रू. ८८ लाख ४ हजारभन्दा बढी रहेको छ ।

१३ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ४५ करोड २० लाख पुर्‍याएको कम्पनीको रिटेन्ड अर्निङ रू. ८७ लाखभन्दा बढी छ भने जगेडा कोषमा रू. ३ करोड ५८ लाखभन्दा बढी छ । कम्पनीले यस त्रैमाससम्म रू. १ अर्ब ३ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ७८ करोड ९० लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

गत वर्ष १ दशमलव २५ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर शून्य दशमलव २२ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ८६ रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।