काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । कम्पनीले आइतवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको नाफा ४४ दशमलव ७३ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा पनि ५ दशमलव ५५ प्रतिशत घटेको छ । गत वर्षको पहिलो त्रैमासमा २ करोड ५७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा २ करोड ४२ लाख रुपैयाँ मात्र यस्तो नाफा गरेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी ३६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा ४ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यो कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा ६ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
कम्पनीले असोज मसान्तसम्म ३ अर्ब ९२ करोड ५४ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ भने १ अर्ब ४७ करोड १४ लाख रुपैयाँ कर्जा संकलन गरेको छ । उक्त अवधिमा यो कम्पनीले १ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ विभिन्न बैंकहरूबाट सापटी लिएको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ दशमलव १२ प्रतिशत रहेको कम्पनीको खराब कर्जा चालू आवको पहिलो त्रैमासमा घटेर २ दशमलव ८७ प्रतिशतमा झरेको छ । तर, खराब कर्जा घटाउन कम्पनी सफल देखिए पनि नाफामा वृद्धि गर्न भने असफल देखिएको छ ।
असोज मसान्तसम्म कम्पनीको चुक्तपूँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ रहेको छ । कम्पनीले उक्त अवधिसम्म जगेडा कोषमा २९ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ । प्रतिशेयर आम्दानी वार्षिकीकरणमा ४९ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४३ रुपैयाँ ३० पैसा कायम छ । मूल्य आम्दानी अनुपात ३४ दशमलव ११ प्रतिशत रहेको छ । त्यस्तै उक्त अवधिसम्म तरलता अनुपात ५ दशमलव ८३ प्रतिशत रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।