काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको कुल २० दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
१३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश करसमेत गरी कुल २० दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ३२ प्रतिशत नगद लाभांश गरेर कुल १० दशमलव ३२ प्रतिशत लाभांश वितरण गरेको थियो । यसरी हेर्दा कम्पनीले यस वर्ष लाभांश बढाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।