काठमाडौं । काठमाडौंको वसन्तपुरमा गरिएको ‘थाहा फोटो प्रदर्शनी २०७९’मा १३ हजार जनाले अवलोकन गरेका छन् । आयोजक थाहा नगरपालिकाका अनुसार प्रदर्शनी अवलोकन गर्नेहरूमध्ये ६०० जना विदेशीसमेत छन् ।
गत शुक्रवारदेखि आइतवारसम्म चलेको प्रदर्शनीमा थाहा नगरपालिकाका पर्यटकीय स्थलहरूका फोटो प्रदर्शनी गरिएको थियो । पत्रकार गणेश विष्टले १०० फोटो प्रदर्शनीमा राखिएका थिए ।
थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले फोटो प्रदर्शनीले नगरपालिकाको पर्यटनमा टेवा पुगेको बताए । देशको संघीय राजधानीमा आफ्नो गाउँठाउँ चिनाउने अवसर पाउँदा आफूलाई खुसी लागेको उनको भनाइ छ ।
प्रदर्शनीमा राखिएका २५० भन्दा बढी फोटो विक्री भएको कार्यक्रम व्यवस्थापन गर्ने संस्था फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए । उनका अनुसार ती फोटोहरू जर्मनी, न्युजिल्यान्ड, युक्रेनलगायत देशका नागरिकले किनेका हुन् । फोटो विक्रीबाट संकलित रकम नगरपालिकाको राजस्वमा जम्मा हुने बताइएको छ ।
कार्यक्रमका प्रमुख सहयोगी संस्था ओम अध्याय रिट्रिटका अर्जुन सिंह ठकुरीले फोटो प्रदर्शनीले मकवानपुरको पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेलेको बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।